मुख्यमन्त्रीको प्रश्न– सांसदहरुले माओवादी किन छोडे, मन्त्रीले राजीनामा दिएर एमाले किन रोजे ?

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादी केन्द्रको भविष्य नभएको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले प्रदेश नम्बर २ मा ४ जना सांसदले माओवादी केन्द्र छाडेर एमालेमा बसेको र सुदूरपश्चिममा माओवादीबाट मन्त्री बनेका नेताले राजीनामा दिएर एमाले रोजेको भन्दै माओवादी केन्द्रमा भविष्य नभएको बताएका हुन् ।

माओवादीमा अवसर नपाएर उनीहरु एमाले नबनेको उनको भनाइ छ । ‘प्रदेश २मा ४जना प्रदेश सभासदले माओवादी किन छोडे ? सुपमा मन्त्रीले राजिनामा दिएर एमाले किन रोजे ? यहाँ अवसर होइन भविष्य प्रमुख बन्यो।

तत्कालीन नेकपा प्रचण्ड–माधव नेपाल पक्ष र केपी ओली पक्षमा विभाजित बन्दा ओलीलाई साथ दिएका पूर्व माओवादीका नेताहरु सर्वोच्चको फैसलापछि एमालेमै बसेका थिए । त्यसमध्ये केहीको सांसदपद समेत गुमिसकेको छ भने केहीलाई माओवादी केन्द्रले कारवाहीको प्रकृया थालनी गरेको छ ।

प्रदेश २मा ४जना प्रदेश सभासदले माओवादी किन छोडे? सुपमा मन्त्रीले राजिनामा दिएर एमाले किन रोजे? यहाँ अवसर होइन भविष्य प्रमुख बन्यो।

Posted by Shankar Pokhrel on Saturday, April 10, 2021


प्रतिक्रिया दिनुहोस्