पर्सामा खनाल नेपाल पक्षको समानान्तर कमिटी

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


वीरगञ्ज । नेकपा एमालेको झलनाथ खनाल माधव कुमार नेपाल पक्षले पर्सामा समानान्तार कमिटी घोषणा गरेको छ ।

पर्साको वीरगञ्जमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलाले वालगोपाल थापाको अध्यक्षतामा नेकपा एमाले जिल्ला कमिटीको घोषणा गरेको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यमा आयोजित झण्डै चार सय जनाको भेलाले जिल्ला कमिटीको घोषणा गरेको हो । भेलापछि सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा उपमहासचिव घनश्याम भुसाल तथा नेताहरू नागेन्द्र चौधरी, रामचन्द्र शाह, दिनेश राई, पुरुषोत्तम पौडेललगायतका नेताको उपस्थिति थियो ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट कारवाही गरेपछि खनाल नेपाल समूहले समानान्तर कमिटी गठनलाई तिव्रता दिइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्