पूर्वराजा ज्ञानेन्द्र शाह हरिद्वारमा, १० हजार साधुसँग भोजन गर्ने

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


देहरादून। पूर्वराज ज्ञानेन्द्र शाह भारतको हिद्वार पुगेका छन् । निरञ्जन पीठाधीश्वर स्वामी कैलाशानंदको निमन्त्रणामा पूर्वराजा शाह हरिद्वार पुगेका हुन् ।

हरिद्वारको गंगा किनारमा रहेको अनादि सिद्ध पीठ दक्षिणकाली मन्दिरमा रहेको आश्रममा आइतबार बिहान ९ बजे वैदिक मन्त्रोच्चारणका साथ पूर्व राजा शाहको स्वागत गरिएको छ।

हरिद्वार पुगेका पूर्वराजा शाहले दक्षिणकालीको पूजा अर्चना समेत गरेका छन् । यसअघि पूर्व राजाले त्यहाँ पुगेका नेपालीहरुसँग भेटघाट गरेका थिए ।

पूर्वराजा शाहको एउटा सार्वजनिक कार्यक्रममा अभिनन्दन गरिने समेत जनाइएको छ ।

अखिल भारतीय अखाडा परिषद्‌का अध्यक्ष महंत नरेंद्र गिरी एवं मनसादेवी मन्दिर ट्रस्टका अध्यक्ष रविन्द्र पुरी लगायतका अन्य थुप्रै साधु संतले पूर्वराजा शाहको स्वागत गर्नेछन् ।

ज्ञानेन्द्र शाहले कार्यक्रमलाई सम्बोधन गर्ने छन् । उनी आइतबार र सोमबार हरिद्वारमै रहने कार्यक्रम छ ।

आइतबार साँज उनको १० हजार साधु सन्यासीसँग भोजन गर्ने पनि कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्