सुनको मूल्य घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


काठमाडौं । साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।

तोलामा ४ सय रुपैयाँले घटेर आइतबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य ८९ हजार ५० रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँ थियो ।

शुक्रबार भने सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको थियो । बिहीबार (चैत २६ गते) नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँ थियो ।

आइतबार चाँदीको मूल्य पनि केही घटेको छ । आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ६० रुपैयाँ थियो भने आइतबार तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्