ओलीले असंवैधानिक काम गरिराखेकाले नयाँ सरकार बनाउन गृहकार्य: प्रकाशमान

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस पाँच वर्ष प्रतिपक्षमा बस्न तयार भए पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक काम गरिराखेकोले नयाँ सरकार बनाउने गृहकार्य गर्नुपरेको बताएका छन् ।

आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै सिंहले ओली नेतृत्वको सरकार भ्रष्टाचारमा डुबेको र असंवैधानिक काम गरिरहेको आरोप लगाए ।

‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ। असंवैधानिक कामहरू गरिराखेको छ,’ उनले भने, ‘हामीलाई सरकार बनाउने रहर होइन। पाँच वर्ष प्रतिपक्षमा बस्ने भनेको हो । तर यो सरकार अप्रजातान्त्रिक ढंगले अगाडि बढेपछि बाध्यता पर्‍यो।’

उनले असंवैधानिक काम गरेको सरकारलाई बिदा गर्नुपर्ने बताए ।

साथै उनले पार्टी महाधिवेशन गर्न क्रियाशील सदस्यता वितरण र नवीकरणका काम समयमै हुनुपर्ने बताएका छन् । विधि र प्रक्रिया अनुसार महाधिवेशन हुनुपर्ने उनको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस्