रविन्द्र मिश्रको पुस्तक बिमोचन

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले समसामयीक राजनीति माथि विवेचना गरिएको पुस्तक ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक गरेका छन्।

शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.स्वर्णिम वाग्लेले पुस्तकको बिमोचन गरे।

पुस्तकमा मिश्रले नेपालको राजनीतिको उठान, अभ्यास र वर्तमान अवस्थालाई केलाएका छन। नेपाली राजनीतिको दुरगामी लक्ष र अहिले भइरहेको अभ्यास विरोधाभाषपूर्ण रहेको टिप्पणी पुस्तकमार्फत गरेका छन।

राजनीतिक कार्यकर्ता, राजनीतिक दल, सरकार र समाजको मनोविज्ञानले संविधानको प्रस्तावमा उल्लेख भएका नेपालको दृस्य पुरा हुन असम्भव रहेको निष्कर्ष दिएका छन।

कार्यक्रममा पुस्तकबारे र समसामयिक राजनीतिबारे डा. भट्टराई र डा. वाग्लेले चर्चा गरेका थिए।


प्रतिक्रिया दिनुहोस्