अब सभापति देउवाको नेतृत्वमा छिट्टै नयाँ सरकार : महामन्त्री कोइराला

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  २ : १२


नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताएका छन्।

आज यहाँ पत्रकारसँग कुराकानी गर्नुहुँदै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन।

उनले भने, “शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ। उहाँकै नेतृत्वमा अब सरकार बन्छ। यस विषयमा अन्य दलसँग छलफल जारी छ।” जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने उहाँको भनाइ थियो।

उनले थपे, “जसपासँग छलफल भइरहेको छ। उहाँहरु पनि आन्तरिक छलफलमा हुनुहुन्छ।” जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुने उनले बताए। फरक प्रसङ्गमा उनले कांग्रेसको महाधिवेशनलाई असर नगर्ने गरी सरकारमा जानुपर्ने बताए।

उनले भने, “समयमा नै महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो। सरकारमा जाँदा महाधिवेशनलाई कुनै असर पर्नु हुँदैन।”


प्रतिक्रिया दिनुहोस्