पत्रकार महासंघ चुनावः विपुल पोखरेलको प्यानल २ हजार मतले अगाडि

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  १२ : ३०


काठमाडौं । नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका भएको मतदानको मत परिणाम आउने क्रम जारी छ ।

निर्वाचन समितिका सदस्य रामहरि सिलवालका अनुसार अहिलेसम्म मुलुकका विभिन्न ६० जिल्लाको मत परिणाम आइसकेको छ ।

रुकुम पुर्व बाहेक ७६ जिल्लामा महासंघको निर्वाचन भएको थियो । अझै १६ जिल्लाका मत परिणाम आउन बाँकी रहेको निर्वाचन समितिका सदस्य सिलवालले जानकारी दिए ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा अहिले काठमाण्डौ जिल्लाको मत गणना भइरहेको छ ।

पछिल्लो मत परिणाम अनुसार विपुल पोख्रेल नेतृत्वको प्यानल नै अगाडि छ ।

पोख्रेल नेतृत्वको प्यानल अर्का प्रतिष्पर्धी निर्मला शर्मा नेतृत्वको प्यानल भन्दा २ हजार बढी मतान्तरले अगाडि रहेको निर्वाचन समिति सदस्य सिलवालले जानकारी दिए ।

पछिल्लो मत परिणाम अनुसार पोख्रेल नेतृत्वको समूहले ५ हजार ३ सय मत र शर्मा नेतृत्वको समूहले ३ हजार मत ल्याएको सिलवालले जानकारी दिए ।

सिलवालले विद्युत् आपुर्तिमा समस्या आएकाले जाजरकोट, हुम्ला लगायत केही जिल्लाको मतपरिणाम केन्द्रसम्म आइपुग्न कठिनाई भएको बताए ।

मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक पत्रकार महासंघको नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुन लागेको हो ।


प्रतिक्रिया दिनुहोस्