मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  १ : ४३


गुल्मी । शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय विद्यालयका प्रधानाध्यापक छन् ।

लु २३ प ५०५७ नम्बरको मोटरसाइकल गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ को घुम्ती भन्दा भित्री सडकमा दुर्घटना हुँदा सोही वडा निवासी ठुलापोखरा माविका ४५ वर्षीय प्रधानाध्यापक राम बहादुर खत्रीको ज्यान गएको हो ।

गौँडाकोटस्थित गुल्मी दरवार गाउँ पालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भइ साँझ घर फर्किने क्रममा खत्री दुर्घटनामा परेका हुन् ।

घुम्तीदेखि भित्री सडकमा मोटरसाइकल दुर्घटना भएको र गम्भीर घाइते खत्रीलाई जिल्ला अस्पताल तम्घासमा साढे ९ बजे मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोतम प्रसाद पाण्डेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्