आज अपराह्नपछि चट्याङसहित वर्षाको सम्भावना

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ९ : २८


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल प्रदेश नं १ लगायत देशको पहाडी भू-भागहरूमा आंशिक वदली बदली रहेको महाशाखाले जनाएको छ ।

आज (चैत २८ गते, शनिबार) दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जानकारी दिएको छ । बाँकी भू-भागमा मौसम सफा रहने छ ।

प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका १/२ स्थानमा अपराह्न पछि मेघगर्जन तथा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

शनिबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ ।

चैत्र २९ गते (आइतवार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । पहाडी भू-भागका एक वा दुइ स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

चैत्र ३० गते (सोमवार)

दिउँसो: सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक वा दुइ स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्