काठमाडौंमा गुण्डागर्दी गर्दै आएका टिकाराम पक्राउ

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ६ : ४३


काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा गुण्डागर्दी र आपराधिक कार्यमा संलग्न रहेका १ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

व्यवसायीबाट जबर्जस्ती रकम असुली गर्ने तथा ठेक्कापट्टामा धम्क्याउने जस्ता काम गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिकाको वडानम्बर ३ घर भइ हाल काठमाडौंको मनमैजु बस्दै आएका टिकाराम पुलामी मगर छन् ।

प्रहरीका अनुसार उनले टिकाराम पुलामी मगर, सिताराम पुलामी मगर र राम पुलामी मगरको नामबाट व्यवसायीलाई धम्क्याउँदै हप्ता असुली गर्ने गरेका थिए ।

उनले काठमाडौंको मनमैजुको लोकतान्त्रिक चोकमा बर्गर हाउस र नुवाकोटमा एउटा निर्माण सेवा कम्पनी सञ्चालन गर्दैै आइरहेका थिए ।

निर्माण कम्पनीका नाममा उनले धम्क्याएर ठेक्कापट्टा हात पार्ने गरेका थिए । उनीविरुद्ध काठमाडौं र नुवाकोटामा विभिन्न शीर्षकमा ६ वटा मुद्दा दर्ता भइ अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पछिल्लो समय उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेछि गरिएको प्रारम्भिक अनुसन्धानको क्रममा टिकाराम पुलामी मगर अन्य आपराधिक कार्यमा समेत संलग्न रहेको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश कुमार बस्नेतले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्