फेरि सपथ खाएका ४ मन्त्रीलाई भीम रावलले भने ‘पदलोलुपहरु’

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  १० : ०९


काठमाडौं । नेकपा एमाले (माधव नेपाल) पक्षीय नेता भीम रावलले माओवादी केन्द्र छाडेर एमालेमा लागेका ४ नेतालाई पदलोलुपको संज्ञा दिएका छन्।

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओलीको साथमा लागि नेताहरु माओवादी ब्युँतिदा समेत नेकपा माओवादी केन्द्रमा फर्किएनन्।

जसका कारण प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रले उनीहरुलाई सांसदबाट हटायो। प्रधानमन्त्री ओलीले भने फेरि ६ महिनाका लागि मन्त्री बनाएपछि नेता रावलले यो प्रवृत्ति आजको देशको प्रमुख समस्या रहेको टिप्पणी गरेका छन्।


प्रतिक्रिया दिनुहोस्