भारतमा कोरोना– शव जलाउन घन्टौं लाइन, घाटमा लाशको चाङ

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ५ : ४५


कोरोना संक्रमण भारतका कयौं राज्यहरुमा यतिबेला गम्भीर रुपमा देखा परेको छ ।

बिरामीको उपचारका लागि अस्पताल र साधन स्रोतको कमी भइरहेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको अन्तिम संस्कारमा पनि समस्या आइरहेको छ । उत्तर प्रदेश र मध्य प्रदेशका कयौं जिल्लामा शवको अन्तिम शंस्कारका लागि घन्टौं कुर्नु परिरहेको बीबीसीले जनाएको छ ।

विशेषगरि उत्तर प्रदेशको राजधानी लखनउ र मध्य प्रदेशको राजधानी भोपालमा अवस्था दिनदिनै चिन्ताजनक बन्दै गइरहेको छ । भोपालमा केही संगठनहरुका दाबी अनुसार राजधानीमा ग्यासको त्रासदीपछि अवस्था त्यस्तै देखिएको छ ।

उत्तर प्रदेशको जुन तस्वीर देखिएको छ त्यसमा र सरकारी दावामा धेरै फरक रहेको समाचारहरु सार्वजनिक भएका छन् । कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको परिवारले अन्तिम संस्कारको लागि टोकन लिएपछि परिवारका सदस्यहरुले १० घन्टा भन्दा लामो समय कुर्न परिरहेको छ ।

राजधानी लखनउको बैकुंठ धाम विद्युत शवदाह गृहमा दैनिक करिब २५ शवको अन्तिम संस्कार गरिन्छ । शावदाह गृहका एक कर्मचारी मुन्न सिंहले बताए अनुसार अन्तिम संस्कारका लागि करिब ४५ मिनेको समय लाग्छ र त्यहाँ दिनभर अन्तिम संस्कार गरिइन्छ ।

तर सरकारी आँकडा अनुसार अप्रिल महिनामा लखनउमा दैनिक सात आठ जना संक्रमितको विरामीको मृत्यु भएको छ । बैकुण्ठ धाममा कोविड प्रोटोकलले भने दैनिक २० भन्दा धेरै शवको अन्तिम संस्कार गरिरहेको तथ्यांक सार्वजनिक गरिरहेको छ ।

बैकुण्ठ धाम श्मशान घाटको बाहिर शवहरुको थुप्रो नै लागेको छ । कुनै कुनै शव वाहनमा तीच चार वटा शवलाई एकैपटक ल्याइएको देख्ने गरेको स्थानीयले बताएका छन् ।

भोपालको अवस्था पनि उस्तै छ । शव दाहसंस्कारका लागि घन्टौ लाइनमा बस्नु परेको मृतकका परिवारको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्