माओवादीले कारबाही गरेका ४ मन्त्रीलाई प्रधानमन्त्रीले गरे पुन नियुक्त, सपथग्रहण सुरु

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ५ : २२


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सांसद पदबाट हटाएका चार जना मन्त्रीलाई पुन नियुक्त गरेका छन् ।

उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरी र शहरी विकास मन्त्री प्रभु साहलाई साविककै मन्त्रालयमा पुन नियुक्ति दिइएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

नवनियुक्त मन्त्रीहरुको अहिले राष्ट्रपति निवासमा सपथग्रहण चलिरहेको उनले बताए ।

माओवादी केन्द्रले दिएको सूचनाको आधारमा संघीय संसद सचिवालयले एमाले प्रवेश गरेका माओवादी केन्द्रका पूर्व सांसदहरुलाई पदबाट हटाएको थियो । संविधान अनुसार मन्त्री नियुक्त भएको छ महिनामा संघीय संसदको सददस्य बन्नु पर्ने छ ।


प्रतिक्रिया दिनुहोस्