जसपाले समय मागेपछि विनानिष्कर्ष सकियो बूढानीलकण्ठ बैठक

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ५ : १०


काठमाडौं । सत्ता समीकरणका लागि गठबन्धन बनाउनेबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक विनानिष्कर्ष सकिएको छ ।

करिब आधा घण्टा देउवा निवास बुढानिलकण्ठमा चलेको बैठकमा माओवादी केन्द्र र जसपाका शीर्ष नेता सहभागी थिए ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आजको बैठकमा जसपाले पार्टीमा छलफल गर्नका लागि समय माग गरेको बताए ।

उनकाअनुसार अर्को बैठक छिट्टै बस्नेछ ।

श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन छिट्टै फिर्ता लिइने पनि बताएका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभापति देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठकले गरेको प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र गठबन्धन सरकार बनाउन अग्रसता लिने निर्णय गरेको भन्दै अौपचारिक जानकारी गराएका थिए ।

तर जसपाले भने यसबारे पार्टी बैठक बसेर निर्णय गर्नु पर्ने भन्दै केही दिनको समय मागेको उनले जानकारी दिए । त्यसपछि बैठक केही दिनमा फेरि बस्ने गरि सकिएको शर्माले बताए ।

 


प्रतिक्रिया दिनुहोस्