मञ्च मै देउवा र पौडेलबीच गलफती

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ५ : ०२


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल शुक्रवार(आज) एकै कार्यक्रममा सहभागी थिए ।

नेपाली कांग्ररेसको राजनीति दुई फरक समूहको नेतृत्व गरिरहेका दुई नेता एउटै कार्यक्रममा कमै देखिने गरेका छन् । कार्यक्रममा दुई नेताबीचको सम्बाध र सम्बन्धलाई कार्यकर्ता र सञ्चारमाध्यमले पनि ख्याल गरिरहेको हुन्छ ।

उनीहरुले गरेका एक आपस विरुद्धका भाषण र सहयात्राबारेका भाषणले पनि नेपाली कांग्रेस भित्रको ताजा अवस्थालाई चित्रित गर्छ ।
शुक्रवार दुई नेता एकै मञ्चमा भएपछि त्यस्तै घटना घटेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित निजामती कर्मचारी युनियन संघको विधान अधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच गलफत्ती परेको भिडियो सार्वजनिक भएको छ । जहाँ वरिष्ठ नेता पौडलले सभापति देउवालाई कडा रुपमा केही भनिरहेका छन् । हात लम्काउँदै देउवालाई उनले केही भनेपछि देउवा पनि पौडेल विरुद्ध आक्रोशित भएर जवाफ फकाई रहेका छन् ।

कार्यक्रम प्रस्तोताले नेताद्वयको छलफल हो यो भन्दै माइकमा भनिरहँदा तल बसेका कार्यकर्ता हल्ला गर्छन् ।

कार्यकर्ता र ड्यासमा बसेकाहरु नेताहरुको विवाद देखेर हाँस्छन् ।

उभिएर देउवाप्रति खनिएका पौडेल त्यही सोफामा बस्छन् र केही भनि नै रहन्छन् । उनीसँगैको अर्को सोफामा बसेका विमलेन्द्र निधिलाई पनि देउवा कडा रुपमा केही भन्छन् । निधिसँग पनि पौडेलको एकछिन भनाभन हुन्छ । देउवाले पौडेलप्रीत आक्रोशित हुँदै केही बेर हेर्छन् र कोट्याउँछन् ।

पौडेल देउवापटि फकिएर हात हल्लाउँदै फेरि देउवामाथि केही भन्छन् ।

देउवालाई केही भनेपछि फेरि उनी निधि तिरै फर्कन्छन् र केही भन्छन् र शान्त हुन्छन् । यति भनिसक्दा चाँही पौडेल मन्द मुस्कानमा देखिएको भिडियो सार्वजनिक भएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस्