रहेनन् बेलायती राजकुमार फिलिप

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ४ : ५७


काठमाडौं । बेलायती राजकुमार फिलिपको निधन भएको छ।

बेलायतकी महारानी एलिजावेथ द्वितीयका ९९ वर्षीय पति राजकुमार फिलिपको आज निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

बेलायती राजदरबारले राजकुमार फिलिपको मृत्यु भएको पुष्टि गरेको छ।

दरबारको विज्ञप्तिमा भनिएको छ ‘महारानीले गहिरो दुखका साथ आफ्ना प्रिय पतिको निधनको घोषणा गर्नुभएको छ’।

राजकुमार फिलिपले सन् २०१७ देखि स्वास्थ्यकै कारण देखाएर राजदरबारमा आफ्नो जिम्मेवारी छाड्दै गएका थिए।

केही समययता राजकुमार फिलिपको स्वास्थ्य खस्किदै गएको थियो। कोरोना संक्रमण र मुटुको समस्यापछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनी २८ दिनयता अस्पतालमा उपचाररत थिए।

एलिजाबेथ र फिलिपबीच ७३ वर्षअघि विवाह भएको थियो। बेलायत राजपरिवारमा महारानी एलिजाबेथका उनी अभिन्न सहयोगी थिए।


प्रतिक्रिया दिनुहोस्