सांसद पद गुमाएका नेताहरुको सूर्य थापाले गरे प्रशंसा

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ४ : ५१


काठमाडौं । नेकपा माओवादी केन्द्रले एमालेमा प्रवेश गर्ने नेताहरुलाई सांसद बाट हटाएको छ।

माओवादीले सांसदबाट हटाएपछि उनीहरु स्वतः मन्त्रीबाट हटेका थिए।

यसैबीच, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारमा मन्त्री रहेका माओवादी नेताहरुको प्रशंसा गर्दै उनीहरु पदका लागि नभई निष्ठाका लागि राजनीति गरेको बताएका छन्।

पार्टी विभाजन हुँदा माओवादी पार्टी छाडी नेकपा–एमालेमा प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको थापाले प्रशंसा गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्