जसपा नेताहरु पुगेपछि तीन दलबीच बूढानीलकण्ठमा बैठक सुरु

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ४ : ४१


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक सुरु भएको छ ।

जनता समाजवादी(जसपा)का नेताहरु निधारित समयभन्दा ढिला पुगेपछि ३ बजेका लागि बोलाइएको बैठक एक घन्टा ढिला गरि सुरु भएको छ ।

देउवा निवास बूढानिलकण्ठ हिँडेका जसपाका नेताहरु बाटोमै छलफल गर्न बसेका थिए । बैठकमा एउटै स्वर राख्नका लागि उनीहरु बीच बाटोमै छलफलमा जुटेका हुन् ।

बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ बूढानीलकण्ठ पुगेका हुन् । त्यस्तै कांग्रेसका शीर्ष नेता पनि देउवा निवास पुगिसकेका छन् ।

जसपाका अध्यक्ष डा। बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो र अर्का नेता अशोक राई पनि पुगेका छन् ।

केपी शर्मा ओलीको राजीनामा माग गर्दै सरकार नेतृत्वको लागि अग्रसरता लिने निर्णय गरेको साता दिनमा देउवाले तीन दलसँग सत्ता गठवन्धनका विषयमा छलफल गर्न लागेका हुन्।


प्रतिक्रिया दिनुहोस्