प्रचण्डले खुट्टा टेक्न नसक्दा ओलीले लात हाने : सभापति देउवा

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ४ : ००


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खुट्टा टेक्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले लात हानेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले टिप्पणी ।

निजामती कर्मचारी युनियन संघको विधान अधिवेशन उद्घाटनमा देउवाले आफ्नो सुझाव नमान्दा प्रचण्डले दुःख पाएका बताए। २०७४ सालको निर्वाचनपछि प्रचण्डलाई आफूले प्रधानमन्त्री प्रस्ताव गरेको उनको भनाइ थियो ।

ओलीलाई सत्ता सुम्पिँदा अहिले प्रचण्डको यो हबिगत बनेको उनले बताए। ‘मैले प्रधानमन्त्री बन्नुस् भन्दा मान्नुभएन। सत्ता बुझाउनुभयो। प्रचण्डले खुट्टा टेक्न नसक्दा ओलीले लात हाने,’ उनले भने ।

देउवाले आज तीन दलको बैठक बोलाएका छन् । आजको बैठकमा सरकार गठनबारे छलफल हुने पनि उनले जानकारी दिए। नयाँ सरकार बन्ने अवस्था नरहे चुनावमा जानुपर्ने उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्