बूढानीलकण्ठ हिँडेका जसपाका नेताहरु बीच बाटोमै बसे बैठक

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ३ : ५६


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको छलफलमा सहभागी हुन बूढानिलकण्ठ हिँडेका जनता समाजवादी जसपा का नेताहरु बाटोमै छलफल गर्न बसेका छन् ।

देउवाले माओवादी केन्द्रसहितको बैठकमा एउटै स्वर राख्नका लागि उनीहरु बीच बाटोमै छलफलमा जुटेका हुन् ।

जसपाका अध्यक्ष डा बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो र अर्का नेता अशोक राई बूढानीलकण्ठ छेउछाउमै छलफलमा बसेका स्रोतको भनाइ छ ।

नेताहरु आपसी छलफल सकेर बूढानीलकण्ठ पुग्ने जसपा स्रोतले बतायो ।

जसपामा कांग्रेससहितको गठवन्धनमा जाने कि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने भन्ने विवाद देखिएको छ । यादव, भट्टराई गठवन्धनको पक्षमा रहेपनि ठाकुर लगायत ओलीसँगको सहकार्यमा रहेपछि समस्या देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्