ओलीले सत्ता कब्जा गर्न खोजे– देउवा

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  २ : ०३


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता कब्जा गर्न खोजिरहेको आरोप लगाएका छन् । तर ओलीले चाहेको जस्तो नहुने देउवाको भनाइ थियो ।

शुक्रबार काठमाडौंमा भएको नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा बोलेका देउवाले भने, ‘‘ओलीबाट सत्ता कब्जाको कोसिस भइरहेको छ । उनले चाहेर पनि सत्ता कब्जा हुँदैन ।’

देउवाले प्रधानमन्त्री ओलीलाई हटाउन सबै लाग्नुपर्ने बताए । ‘उनलाई हटाउन हामी सबै लागौं,’ देउवाले भने ।

उनले चुनावमा जानुपर्ने स्थिति पनि आउन सक्ने भएकोले तयार रहन आग्रह गरेका थिए ।

‘चुनावमा त हामी जानैपर्छ । चुनावमा जाने बाध्यता हुन सक्छ,’ उनले भने, ‘जनता मालिक हो। जनताको घरदैलोमा पुगौं। जनताको दिल जितेपछि चुनाव जितिन्छ ।’


प्रतिक्रिया दिनुहोस्