पन्जाबी भर्सनमा ‘फुल बुट्टे सारी’, भारत र बेलायमा पनि मनपराइयो

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ११ : ४९


काठमाडौं । पछिल्लो समय चर्चामा रहेको गीत ‘फुल बुट्टे सारी’विभिन्न भर्सनमा सार्वजनिक भएका छन् ।

मेल र फिमेल भर्सनको लोकप्रियतासँगै यो गीत पछिल्लो पटक एक अफ्रिकी गायिकाले गाएकी थिइन् जसलाई निकै मनपराइएको थियो ।
त्यस लगत्तै उक्त संस्कृत भाषामा गाइएको उक्त गीत सार्वजनिक भएको थियो ।

सबै भर्सनलाई अहिले दर्शक श्रोताले निकै नै रुचाएका छन् ।

अहिले सोही गीतलाई पन्जावी गायक लक्की सिद्धुले समेत गाएका छन् । फुलबुट्टे सारीको पन्जाबी भर्जन संसार ब्लग प्रोडक्सनको आधिकारिक युटुब च्यानलबाट अपलोड गरिएको छ ।

जुन यतिबेला सामाजिक सञ्जालहरुमा निकै नै रुचाईएको छ ।

पंजाबी गायकले  गाएको “फुल बुट्टै सारी”को भिडियो ५ लाख ४० हजार बढीले हेरिसकेका छन् । “फुल बुट्टै सारी”को पन्जाबी भर्जन अहिले लन्डन तथा भारतमामा पनि मनपराइएको छ ।


प्रतिक्रिया दिनुहोस्