विद्यालय बन्द गरेर पठनपाठन भर्जुअल गर्ने सरकारको तयारी

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ९ : ४५


काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर आउने आशंका बढिरहेका बेला स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पढाइलाई भर्चुअल माध्यममा लैजान आग्रह गरेका छन्।

एक टेलिभिजनसँगको कुराकानीमा मन्त्री त्रिपाठीले कोरोनाको जोखिमलाई कम गर्न सरकारले शिक्षण संस्थामा भर्चुअल माध्यमबाट पठनपाठनको तयारी गरेको बताए।

चाँडै बस्ने कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले पढाइमा अवरोध नहुने गरि शिक्षण संस्थालाई भर्चुअल माध्यममा लैजाने निर्णय गर्ने मन्त्री त्रिपाठीले बताएका छन्।

पछिल्लो समय शिक्षण संस्थाहरु कोरोनाको हटस्पट बन्दै गएकाले सरकारले यस्तो निर्णय गर्ने तयारी गरिरहेको उनले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्