शनिबार र सार्वजनिक बिदाको दिन पनि राजस्व काउन्टर खुला राख्न केन्द्रीय बैंकको निर्देशन

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ८ : ५९


काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व काउन्टर खुला राख्न निर्देशन दिएको छ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै शनिबार लगायतका जुनसुकै सार्वजनिक विदा परेतापनि २५ गतेदेखि मसान्तसम्म राजस्व संकलन गर्ने काउन्टर खुल्ला राख्न निर्देशन दिएको हो।

केन्द्रिय बैंकले बैंकका क्लियरिङ सम्बन्धि कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड समेत पूर्ण रुपमा खुल्ला गर्न भनेको हो।


प्रतिक्रिया दिनुहोस्