तीन दिन पर सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक तीन दिन पर सरेको छ ।

चैत २७ गते शुक्रबार भोलिका लागि बोलाइएको बैठक ३० गतेका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ चैत्र २७ गते शुक्रबार बस्‍ने भनिएको बैठक, २०७७ चैत्र ३० गते सोमबार दिनको २ बजे बस्‍ने भएको छ । सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 


प्रतिक्रिया दिनुहोस्