नेप्से झिनो अंकले बढ्यो, ग्रिनलाइफ र ज्योति लाइफको सेयर मूल्यमा सर्वाधिक वृद्धि

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ३ : १२


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज २.७४ अंकले बढेको छ।

नेप्से परिसूचक २७४ अंकले बढेर २६७४.३५ को बिन्दुमा कारोबार बन्द भएको छ।

‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.२८ प्रतिशतले घटेर ४७६.५१ बिन्दुमा पुगेको छ।

आज एनआईसी एसिया लघुवित्त सहित ६ कम्पनीको मूल्य सर्वाधिक बढ्यो।

दोस्रो बजारमा बुधबारबाट मात्रै कारोबारमा आएको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य आज पनि सर्वाधिक १० प्रतिशतले बढेको छ। ज्योति लाइफको मूल्य बढेर आज प्रतिकित्ता ४१० कायम भएको छ।

ग्रिनलाइफ हाइड्रोको मूल्य पनि आज १० प्रतिशतको हाराहारीले बढेको छ।

बैशाखदेखि सञ्चालनमा आउन लागेको उक्त हाइड्रोको मूल्यमा आज किन्नेको भीड भएपनि बेच्ने कोहि भेटिएनन्।

यस दिन नेप्सेमा सबैभन्दा धेरै कारोबार अपर तामाकोशीको भएको छ। युनिभर्सल पावर कम्पनी लिमिटेड रसुवागडी हाइड्रो पावर लगायत केहि कम्पनीको सेयर मूल्यमा सर्वाधिक गिरावट आयो।

नेप्सेमा आज ६ अर्ब माथिको कारोबार भएको छ।


प्रतिक्रिया दिनुहोस्