एमाले सांसदले भने– हामी नेकपा हुन सक्दैनौं

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  २ : १७


काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँताइदिएर छुट्टा छुट्टै दल बनेपनि संसदीय समितिहरूमा नेपाल कम्युनिस्ट पार्टी नेकपाकै अस्तित्व कायम रहेको भन्दै सत्तारुढ दल एमालेले सभामुखको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकको शुरूमै एमालेका तर्फबाट बोल्दै सांसद खगराज अधिकारीले आफूहरूले एमालेकै रूपमा प्रतिनिधित्व गर्न पाउनुपर्ने सभामुख समक्ष माग गरे ।

‘संसद हामी यहाँ एमाले र माओवादी छुट्टाछुट्टै छौं, तर समितिमा जाँदा नेकपा हुन बाध्य छौं । यो संविधान विपरीत छ । कानून विपरीत छ । प्रतिनिधि सभा नियमावली विपरीत छ,’ अधिकारीले भने, ‘संसद्ले नेकपा जान्दैन । हामीले बारम्बार आग्रह पनि गर्‍यौं, हामी यहाँ नेकपा एमाले हुने मिनी संसदहरू संसदीय समितिमा संविधान विपरीत रूपमा नेकपा हुन सक्दैनौं ।’


प्रतिक्रिया दिनुहोस्