सिंगटी हाइड्रोको आईपीओ भोलि बाँडफाँड हुने

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  १ : ५५


काठमाडौं । सिंगटी हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुने भएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ आईपीओ बाँडफाँड हुने भएको हो।

कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो।

त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो।

कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

निवेदन दिएका मध्ये साढे १२ लाखभन्दा बढीले यसको शेयर पाउने छैनन्।

त्यस्तै रुरु जलविद्युत आयोजनाको आइपिओ संभवतः आगामी साताको शुक्रबार बाँडफाँड हुनेछ।

बिक्रि प्रबन्धक एनएमबि क्यापिटलका अनुसार रूरू जलविद्युत आयोजनाको प्राथमिक सेयर (आइपिओ) १६ लाख ७१ हजारले भरेका छन्।


प्रतिक्रिया दिनुहोस्