काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
यसअघि बैठकमा सूचना प्रविधि सम्बन्धी विधेयक पनि पेश हुने कार्यसूची राखिएको भए पनि अन्तिम समयमा आएर त्यसमा हेरफेर गरिएको छ ।
यसअघि विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले बैठकमा ‘सूचना प्रविधि सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७७’ पेशगर्ने कार्यसूची थियो ।
कतिपयले यो विधेयकले अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने भन्दै विरोध गरिरहेका छन् ।