हरिद्वारामा सञ्चालित महाकुम्भ मेलामा सहभागी हुन भारत गए पूर्व राजा–रानी

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान गरेका छन् । पत्नी कोमल राज्यलक्ष्मीसाथ शाह बिहीबार नेपाल एयरलाइन्सको जहाज चढेर भारत गएका हुन् ।

नेपाल एयरलाइन्सको ११ः५ बजेको उडानमा शाह दम्पती भारत गएका हुन् ।

पूर्वराजाको स्वकीय सचिवालयले यसअघि नै उनी भारत जाने तय भएको बताइसकेको थियो । शाह दम्पती हरिद्वारामा सञ्चालित महाकुम्भ मेला २०२१ मा सहभागी हुन भारत गएका हुन् ।

महाकुम्भ मेला आयोजक समितिले पूर्वराजा(रानीलाई विशेष आमन्त्रण गरेको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्