अमेरिकामा एक नेपालीको गोली हानी हत्या

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  १२ : ५५


काठमाडौं । अमेरिकामा एक नेपालीको गोली हानी हत्या गरिएको छ ।

अमेरिककी सहर टेक्ससमाको अस्टिनमा बसोबास गर्दै आएका पोखरा सराङकोटका रमेश थापाको गोली हानेर हत्या गरिएको जनाइएको छ । स्टिन प्रहरी विभागका अनुसार मध्यरात त्यहाँको स्थानीय आवसिय क्षेत्रमा थापालाई गोली हानिएको थियो ।

अस्टिन प्रहरीले स्प्रिङ रोडस्थित कंकड अपार्टमेन्ट क्षेत्रमा मंगलबार राती गोली हानेर थापाको हत्या गरिएको जनाएको छ । घटनापछि प्रहरीलाई खबर गरेका व्यक्तिले राती १२ः३० बजेतिर गोली चलेको जनाएका थिए ।

प्रहरी घटनास्थल पुग्दा त्यहाँको पार्किङ लटमा रमेश घाइते अवस्थामा फेला परेका थिए । उनलाई त्यहीँ मृत्यु भएको घोषणा प्रहरीले गरेका थिए । प्रहरीले हत्यारा पत्ता लगाउन अनुसन्धान सुरु भएको जनाइएको छ ।

पछिल्लो समय अमेरिकामा एसियाली नागरिकमाथि आक्रमणका घटना बढिरहेको पृष्ठभूमिमा यो हत्या भएको हो । त्यहाँस्थित नेपाली राजदूतावासले पनि एसियाली माथिको आक्रमण रोक्नका लागि आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्