पत्रकार महासंघ चुनाव – देउवाको गृहजिल्लामा ओली पक्षधर पत्रकारको जित

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  १२ : ३६


धनगढी । नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसनिकट प्रेस युनियन पराजित भएको छ ।

सभापति देउवाको गृह जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको एमालेनिकट प्रेस चौतारीका हिक्मत सिंह महासंघको डडेल्धुरा शाखामा अध्यक्षमा विजयी भएका छन् ।

उनी युनियनका बरुण पनेरुलाई हराउँदै सिंह विजयी भएका हुन् । उपाध्यक्षमा गणेश रोका र निर्मला भट्ट सचिवमा पुष्कर भण्डारी, कोषाध्यक्षमा ललित बोहरा, सहसचिवमा भूपेन्द्र विष्ट र प्रकाश पार्की निर्वाचित भएका छन्।

यस्तै, सदस्यहरूमा क्रमशः टीकाराम साउद, हर्ष चन्द, आशिष मल्ल, भीम खत्री दीपक राज भट्ट, ममता भट्ट भक्त गाहामगर, विमल जैरु र भावना पौडेल विजयी भए ।

 


प्रतिक्रिया दिनुहोस्