श्रीमतीलाई घाइते बनाएपछि श्रीमानले आत्महत्या गरे

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ११ : २६


झापा । झापामा घरायसी झगडामा श्रीमतीलाई घाइते बनाएपछि श्रीमानले आत्महत्या गरेका छन् ।

जिल्लाको गौरीगञ्ज ५ बालुगाउँका ३० वर्षीय जगतबहादुर ताजपुरियाले बुधवार राति २६ वर्षीया श्रीमती राजकुमारी ताजपुरियालाई धारिलो हतियारले रोपेर घाइते बनाएपछि आफ्नै घरको शौचालय जाने बाटोमा रहेको कटेरोमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

श्रीमती रक्ताम्मे भएपछि उनलाई परिवारका सदस्य र छिमेकीले उपचारका लागि अस्पताल लगेपछि जगतबहादुरले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

हात, पाखुरा र पेटमा गहिरो चोट लागेकी राजकुमारीको विराटनगरस्थित विराट नर्सिङ होमको सघन कक्षमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख प्रहरी निरीक्षक राकेश रेग्मीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्