आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ११ : १३


काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य १ हजारले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा एक हजारले बढेर ८९ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्