युरोपियन च्याम्पियन्स लिग: चेल्सी र पिएसजी विजयी

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  १० : ००


काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनल पहिलो लेगको खेलमा चेल्सी र पेरिस सेन्ट जर्मेन पिएसजी विजयी भएका छन् । पोर्चुगलमा भएको खेलमा चेल्सीले एफसी पोर्टालाई २–० ले हरायो ।

चेल्सीका लागि मेसन माउन्ट र बेन चिलवेलले एक एक गोल गरे । जर्मनीमा भएको खेलमा घरेलु टोली वायर्न म्युनिखलाई फ्रान्सको पिएसजीले ३–२ ले पराजित गर्‍यो । पीएसजीका लागि किलियन एम्बाप्पेले दुई तथा मार्कीनोजले एक गोल गरे ।

वायर्नका छुपो मोटिङ र थोमस मुलरले एक एक गोल गरेका थिए । गएरातिका खेलमा अवे जित हात पारेका चेल्सी र पिएसजीले सेमिफाइनल पुग्ने सम्भावना बलियो पारेका छन् । पराजित टोलीहरू बायर्न म्युनिख र पोर्टो भने दोस्रो लेगको खेलपूर्व दवावमा आएका छन् ।


प्रतिक्रिया दिनुहोस्