आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ८ : ५२


काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठकमा सूचना प्रविधि सम्बन्धी विद्येयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले विद्येयक पेश गर्ने तय भएको छ । विधेयकमा मौलिक हकअन्तर्गत रहेको अभिव्यक्ति स्वतन्त्रतालाई समेत अंकुश लगाउने खालका प्रावधान रहेको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोग र थारु आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पुर्वसांसद ऐश्वर्यलाल प्रधानाङगको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।


प्रतिक्रिया दिनुहोस्