मुकेश अम्बानी दाजुभाइलाई २५ करोड जरिवाना

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


काठमाडौं । भारतीय सुरक्षा र विनिमय बोर्ड (सेबी) ले भारतका प्रसिद्ध उद्योगपति मुकेश अम्बानीको परिवारलाई नै २५ करोड रुपैयाँ (भारतीय) जरिवाना गरेको छ ।

बीबीसी हिन्दीका अनुसार २१ वर्ष पुरानो एक मुद्दामा मुकेश अम्बानी, उनका भाइ अनिल अम्बानी र उनीहरूका पत्नी क्रमशः नीता र टीनालाई बुधबार २५ करोड जरिवाना गरिएको हो ।

सेबीले आफ्नो ८५ पृष्ठ लामो फैसलामा स्पष्टसँग भनेको छ– रिलायन्स इन्डस्ट्रिजका प्रवर्द्धकले कम्पनीमा आफ्नो हिस्सेदारीबोर सही जानकारी दिएनन् । यसैकारण कम्पनीका प्रवर्द्धकमध्ये मुकेश अम्बानी, उनका भाइ अनिल तथा उनीहरूका पत्नीलाई जरिवाना गरिएको हो ।

सेबीका अनुसार रिलायन्स इन्डस्ट्रिजका प्रवर्द्धकहरूले सन् २००० मा ६.८३ प्रतिशत सेयर खरिदबारे उसलाई जानकारी गराएन् । नियमअनुसार ५ प्रतिशतभन्दा बढी सेयर खरिद गर्दा सेबीलाई जानकारी गराउनु पर्थ्याे ।

तर सन् २००५ मा अम्बानी दाजुभाइको व्यवसाय विभाजन भएको थियो । यसपछि पेट्रोलियम कारोबारसँग सम्बन्धित रिलायन्स इन्डस्ट्रिज मुकेश अम्बानीको भागमा पर्‍यो भने दोस्रो कारोबार अनिल अम्बानीलाई प्राप्त भयो ।


प्रतिक्रिया दिनुहोस्