राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको फाइनल खेल आज

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ७ : ५३


काठमाडौं । पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा आज महिला र पुरुष दुबै तर्फको फाइनल खेल हुनेछ ।

महिलातर्फको फाइनलमा न्यु डाईमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । महिलाको फाइनल खेल ११ः३० बजे सुरु हुनेछ । दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

न्यु डाईमण्ड लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । पुलिस दोस्रो स्थानमा रहदै उपाधि नजिक पुगेको हो । पुरुषतर्फको फाइनलमा हेल्प नेपाल र एपीएफ क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

पुरुषको फाइनल खेल दिउसो ३ः३० बजे सुरु हुनेछ । च्याम्पियनसिपको महिला र पुरुष विजेताले ३ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्