राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न सरकारको आग्रह

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणका घटना बढ्दै गएको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ।

मन्त्रालयमा आज बसेको बैठकले विद्यालयहरुमा उच्च सावधानी अपनाउन अपील गरेको छ।

यस्तै, देशभर कोरोना संक्रमणको जोखिम बढेसँगै मन्त्रालयले राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गराउन अनुरोध गरेको छ।

मन्त्रालयले सूचना जारी गर्दै शैक्षिक संस्थाहरुमा उच्च सर्तकता अपनाउन, सार्वजनिक यातायातमा भीडभाड कम गर्न, कन्ट्याक्ट ट्रेसिंग बढाउन र एन्टिजेन वा पसिआिर परीक्षण बढाउन, घरबाहिर अनिवार्य मास्कको प्रयोग गर्न र गराउन र रात्रीकालिन व्यवसायहरु अनिवार्य रुपमा ९ बजेपछि बन्द गर्न आग्रह गरेको हो।

 

 


प्रतिक्रिया दिनुहोस्