गण्डकीमा माओवादीका दुई मन्त्री सरकारबाट फिर्ता हुँदै

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  १ : ०९


काठमाडौं । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् ।

बुधवार बिहान बसेको माओवादी संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ ।

पार्टीको निर्देशन अनुसार आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर पुनले राजीनामा दिने भएका हुन् ।

उनीहरूले आज साँझसम्म राजीनामा गर्ने प्रतिबद्धता जनाएका छन् ।

संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भने गरेको छैन ।

 


प्रतिक्रिया दिनुहोस्