रियल मड्रिडद्वारा लिभरपुल पराजित

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले सहज जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा रियलले इंग्लिस क्लब लिभरपुललाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन भिनिसियस जुनियरले दुई गोल गरे । मार्को एसेन्सियोले एक गोल थपे ।

लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए जितसँगै रियलले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।


प्रतिक्रिया दिनुहोस्