यी हुन विवाह अगाडी नै गर्भवती भएका बलिउड अभिनेत्री

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


काठमाडौं । बलिउड अभिनेत्री दीया मिर्जाले विवाह गरेको डेढ महिना मात्र भएको छ । उनले केही दिन अगाडी मात्र आफू गर्भवती भएको एक तस्बिर सेयर गरेपछि चर्चामा छिन् ।

व्यापारी वैभव रेखीसँग विवाह बन्धनमा बाँधिएकी दीयाले हनिमुन गएको समयमा बेबी पम्पको तस्बिर सेयर गरेर सबैलाई चकित बनाएकी हुन् ।सार्वजनिक तस्बिर अनुसार दीया विवाह अगाडी नै गर्भवती थिइन् ।

बलिउडमा यस्तो विषयको कारण चर्चामा आउने अभिनेत्री दीया मात्र होइनन् । दीया भन्दा अगाडी पनि धेरै बलिउड अभिनेत्री विवाह आगडी नै गर्भवती बनेका छन् । जसको बैवाहिक जीवन आजसम्म पनि सुखत रुपमा बितेको छ ।

नेहा धूपिया

अभिनेत्री नेहा धूपियाले मे २०१८ मा अन्गद बेदीसँग आनन–फाननमा विवाह गरेकी हुन् । उनले विवाह गरेको दुई महिनामै बेबी पम्प तस्बिर सेयर गरेर सबैलाई सरप्राइज बनाएकी थिइन् । योसँगै नेहाले नोबेम्बर २०१८ मै छोरी मेहरलाई जन्म दिएकी थिइन् ।

श्रीदेवी

दिवंगत अभिनेत्री श्रीदेवी पनि विवाह आगडी नै गर्भवती भएकी थिइन् । उनी लामो समयदेखि बोनी कपुरसँग प्रेम सम्बन्धमा थिइन् । उनीहरुले १९९६ मा विवाह गरेका थिए । योसँगै विवाहको केही महिनामै श्रीदेवीले जान्हवीलाई जन्म दिएकी थिइन् । बोनीको श्रीदेवीसँग दोस्रो विवाह थियो ।

कोकणा सेन शर्मा

अभिनेत्री कोकणा सेन शर्माले २००७ मा रणवीर शौरीसँग डेट गर्न सुरु गरेकी थिइन् । त्यसपछि उनीहरुले २०१० मा विवाह गरेका थिए । विवाह गरेको ६ महिनामै कोकणले छोरा हारुनलाई जन्म दिएकी छन् । यसबाट के प्रस्ट हुन्छ भने उनी विवाह अगाडी नै गर्भवती थिइन् ।

नीता गुप्ता

अभिनेत्री निीता गुप्ताले क्रिकेटर विवियन रिचडर्ससँग अफेयरमा थिइन् । जति बेला उनी गर्भवती भएकी थिइन् । उनले विवाह अगाडी नै छोरी मसाबलाई जन्म दिएकी थिइन् । पछि उनीले मसाबलाई एकल आमाकै रुपमा हुर्काइन् ।

सारिका

सारिका पनि लामो समयदेखि कमल हासनसँग प्रेम सम्बन्धमा थिइन् । उनले विवाह अगाडी नै १९८६ माछोरी श्रुतिलाई जन्म दिएकी थिइन् । छोरीको जन्मको दुई वर्षपछि मात्र उनीहरुले विवाह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्