मुख्यमन्त्रीलाई राजीनामा बुझाएपछि एमालेका तीन मन्त्री हिँडेरै फर्किए

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


सुर्खेत । नेकपा एमालेका तर्फबाट कर्णाली प्रदेश सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिएका छन् ।

कर्णाली प्रदेश सरकारमा एमालेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सहभागी थिए । उनीहरु तिनै जना माधव नेपाल समूहका हुन् ।

पार्टीको संसदीय दलले दिएको निर्देशन पालना गर्दै उनीहरुले आज मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजीनामा दिएका हुन् । राजीनामा दिएपछि उनीहरूले सर्वोच्चको फैसलापछि बदलिँदो परिस्थितिमा आफूहरूले पार्टीको निर्णय मानेको बताए ।

राजीनामा बुझाएपछि उनीहरूले मन्त्रीका हैसियतले पाएको सेवा सुविधा पनि त्यागेका छन् ।

गाडी पनि बुझाएपछि केहीबेरमा बस्न लागेको एमाले संसदीय दल बैठकमा सहभागी हुन उनीहरू मुख्यमन्त्री कार्यालयबाट पैदल गएका छन् ।


प्रतिक्रिया दिनुहोस्