कर्णालीमा एमालेका तीन मन्त्रीले दिए राजीनामा

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


सुर्खेत । नेकपा एमालेका तर्फबाट कर्णाली प्रदेश सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिएका छन् ।

कर्णाली प्रदेश सरकारमा एमालेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सहभागी थिए । उनीहरु तिनै जना माधव नेपाल समूहका हुन् ।

पार्टीको संसदीय दलले दिएको निर्देशन पालना गर्दै उनीहरुले आज मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजीनामा दिएका हुन् ।

तीन मन्त्रीको राजीनामा आएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूसँग सरकार जोगाउने विकल्प बाँकी रहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्