ढलान गरेको २१ दिनमा देवघाटमा निर्माणाधीन पक्की पुल भत्कियो

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १० : ४६


काठमाडौं । तनहुँको देवघाटमा बनिरहेको त्रिुशली नदीमाथिको पक्की पुल भत्किएको छ ।

देवघाट र चितवनको ठिमुरा जोड्ने दुई सय २० मीटरको पक्की पुल सोमबार राति भत्किएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

यो पुल इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी कम्पनीले निर्माण गरिरहेका थिए । तर ढलान गरेको २१ दिनमा निर्माण नसकिदै ४० मिटर भागको पुल भत्किएको हो ।

पुल भत्किनुको कारण खुलेको छैन् । तर कमजोर निर्माण सामग्रीले गर्दा भत्किएको हुन सक्ने अनुमान गरिएको छ ।


यसबारे विभागले थप अनुसन्धान थालिएको जनाएको छ । १६ करोडको लागतमा निर्माण सुरु गरिएको पुलको लागत अहिले नाकाबन्दी लगायतका कारणले बढेर २१ करोड पुगेको छ ।

२०७४ सालमा नै बनिसक्नुपर्ने पुल अझै निर्माण सम्पन्न भएको छैन ।


प्रतिक्रिया दिनुहोस्