कैलालीमा तस्कर र प्रहरीबीच गोली हानाहान, एक जना घाइते

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


धनगढी । कैलालीमा तस्कर र प्रहरीबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् ।

भजनी नगरपालिका वडा नम्बर ३ स्थित नेपाल भारत सीमा क्षेत्र नजिक सोमबार साँझ तस्कर र प्रहरीबीच गोली हानाहान भएको हो

लागू औषध तस्करले नेपाल प्रहरीमाथि १ राउण्ड गोली चलाएपछि प्रहरीले पनि ३ राउण्ड जवाफी फायरिङ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रहरीको गोली लागेर भारतको लखिमपुर खिरी जिल्ला तिकुनिया ग्रामपञ्चायत रणनगरका ४० वर्षीय दिल्लु सिँह घाइते भएका छन् ।

उनको उपचार भारतमै भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

उनीसँगै रहेका अन्य ४ जना तस्करहरु भारत तिर भागेको उनले बताए । घटनाबारे थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्