अमेरिकी संसद भवन अगाडि आक्रमण, १ जना प्रहरी अधिकृतको मृत्यु

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


वाशिङ्टन । संयुक्त राज्य अमेरिकाको संसद भवन (युएस क्यापिटल बिल्डिङ) अगाडि भएको आक्रमणमा १ प्रहरी अधिकृतको मृत्यु भएको छ ।

आक्रमणमा अन्य प्रहरीसहित केही घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

१ जना चालकले प्रहरीले सडकमा राखेको ब्यारियरमा आफ्नो कार ठोक्काएका थिए । त्यसपछि उनले सुरक्षामा तैनाथ प्रहरी अधिकारीमाथि चक्कुले आक्रमण गरेका थिए ।

प्रतिरक्षामा प्रहरी अधिकारीले पनि कार चालकमाथि गोली चलाएका थिए । गोली लागेर ती कार चालकको पनि मृत्यु भएको बीबीसीले जनाएको छ ।

आक्रमणकारी २५ वर्षीय युवक हुन् । उनीविरुद्ध कुनै पनि प्रहरी रेकर्ड नरहेको र सशस्त्र समूहसँग पनि सम्बन्ध नदेखिएको बीबीसीको समाचारमा उल्लेख छ ।

यो घटनापछि संसद भवन वरपर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।


प्रतिक्रिया दिनुहोस्