वडा कार्यालयबाट कम्प्युटर चोरी गर्ने ८ जना पक्राउ

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


बर्दिया । गाउँपालिकाको वडा कार्यालयबाट विभिन्न सामग्री चोरी गरेको आरोपमा बर्दिया प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको बढैयाताल गाउँपालिकाको वडानम्बर १ को वडा कार्यालयबाट विभिन्न सामग्री चोरी गरेको आरोपमा प्रहरीले सोही वडामा घर भएका २३ वर्षीय याम बहादुर बिसी र २२ वर्षीय कमल खड्का सहित ८ जनालाई पक्राउ गरेको हो ।

बढैयाताल गाउँपालिका-१ को वडा कार्यालयबाट चैत १४ गते ३ थान कम्प्युटरको सीपीयूसहित अन्य सामग्रीहरु चोरी भएको घटनाको अनुसन्धानको सिलसिलामा इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको प्रहरीले मंगलबार उक्त चोरी भएका सामानहरु याम बहादुरको घरबाट बरामद गरेको थियो ।

उक्त घटनापश्चात फरार रहेका याम बहादुर र कमल समेत ८ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका आठै जनाविरुद्ध चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्