कांग्रेसले नाम विर्सिएको आरोप लगाइरहँदा खानेपानी मन्त्रीले सम्झिए कृष्णप्रसाद भट्टराईलाई

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्चीको पानी काठमाडौं ल्याउने परिकल्पना गरेका नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई स्मरण गरेका छन् ।

उनले मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण उद्घाटन कार्यक्रमलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै सन्त नेता स्व भट्टराईलाई स्मरण गरेका हुन् ।

नेपाली कांग्रेसले भट्टराईको नामलाई बिर्सेर मेलम्चीको कथा शुरु र अन्त्य हुन नसक्ने बताइरहँदा खानेपानी मन्त्रीले सन्त नेता भट्टराईलाई स्मरण गरेका हुन् ।

स्वास्थ्य समस्याका कारण कार्यक्रमस्थलमा उपस्थित हुन नसकेका मन्त्री थापाले भिडियो सन्देशमार्फत कार्यक्रमलाई सम्बोधन गरेका थिए । उनले मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरवको आयोजनामध्ये कै मुख्य रहेको भन्दै यसलाई अब क्रमिक रुपमा विस्तार गर्दै लैजाने बताए ।


प्रतिक्रिया दिनुहोस्